, ,

अधिकार दिनुहोस कर्तव्य पुरा गर्दछौ : विद्या भट्टराई


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिनुहोस कर्तव्य पुरा गर्ने बताएकी छन् ।

मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले आवश्यक निती निर्माणसंगै यस क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले पोखरामा थपिएका नयाँ वडाहरुको घरदैलो कार्यक्रममा मतदाताको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गर्दै त्यसका लागि सम्भाव्यता अध्ययन गरे तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याइन् ।

जुनसुकै सरकारले गरेका विकास निर्माण राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलिय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएकोमा उनको भनाई थियो ।

घरदैलो कार्यक्रमका पोखराका थपिएका नयाँ वडा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनु पर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको बताउँदै नेत्री भट्टराईले भनिन सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।

दुःखको परिस्थितिमा उपनिर्माचनमा उम्मेदवार बनेको बताउँदै उनले कोभिडको महामारिका बाबजुद जनताका केही हदसम्म अपेक्षालाई सम्वोधन गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पुनः उम्मेदवार भएको मतदाता समक्ष आएको बताइन् ।

नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिइन् ।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले मतदातले दिएको सुझावलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकास निर्माणमा इमान्दारीताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

मुलुकको समग्र विकासका लागि स्पष्ट निती विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उनले विकास विरोधी पाँच दलीय गठबन्धदलाई जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गरिन् ।

संविधानले व्यवस्था गरे अनुसारका महिला अधिकारलाई सुनिश्चित गर्नका लागि महिला शक्ति संगठित हुनुपर्नेमा उनको जोड थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।