आज अंग्रेजी नोभेम्बर महिनाको १४ तारिक अर्थात विश्व मधुमेह दिवस।
इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आब्हनमा विभिन्न कार्यक्रम गरी आजको दिनमा मधुमेह दिवस मनाइन्छ। सन् १९९१ देखि आज अर्थात् १४ नोभेम्बरमा विश्वभर विश्व डायबेटिज दिवसका रुपमा मनाउन थालेका हुन्।
इन्सुलिनको आविष्कारक डा फ्रेडरिक ग्रान्टको जन्मदिनको अवसरमा यो दिवस मनाइन्छ। ग्रान्टले चाल्र्स बेस्टसँग मिलेर एक सय वर्ष पहिले सन १९२२ मा इन्सुलिनको खोजी आविष्कार गरेका थिए। त्यसैले यो दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउन थालिएको हो।
यो वर्षको मधुमेह दिवसको मूल नारा ‘Education to Protect Tomorrow’ अर्थात ‘भविष्य सुरक्षित गर्न स्वास्थ्य शिक्षाको महत्व’ तय गरिएको छ।
इन्टरनेसनल डायबेटिज फेडेरेसनका अनुसार विश्वभर लगभग ४२५ करोड भन्दा धेरै मानिसहरु मधुमेहबाट पीडित छन्।
मधुमेहका बिरामीले आफ्नो स्वास्थ्य र खानपानमा बिशेष ध्यान पुर्याउनु पर्दछ। रगतमा ग्लुकोजको मात्रा बढी हुँदै गएमा मधुमेह हुन्छ। शरीरको तौल बढ्दै गएमा मानिसमा मधुमेहको खतरा पनि बढ्दै जाने संभावना हुन्छ।
उच्च रक्तचापको समस्या भएको मानिसलाई मधुमेह हुन सक्छ। मानव शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दै गएमा पनि मधुमेह हुने संभावना हुन्छ। गर्भवती महिलालाई मधुमेहको समस्या छ भने बच्चामा मधुमेह देखिने खतरा धेरै हुन्छ। मुटु रोगी र ४० वर्ष नाघेका मानिसहरुलाई मधुमेहको समस्या देखा पर्न सक्छ।
३० वर्ष मुनिकालाई पहिलो तह र ३० वर्षभन्दा माथिकालाई दोस्रो तहको मधुमेह हुन्छ। पहिलो तह पारिवारिक र वंशाणुगत कारणले हुन्छ। दोस्रो तह खानपान र जीवनशैलीका कारण मधुमेह हुने गर्दछ। मधुमेहले तत्काल हृदयाघात, मस्तिष्काघात, मिर्गौला खराब, दृष्टि गुम्ने जस्ता समस्या ल्याउन सक्छ। दीर्घकालीन रुपमा पनि यसले बिस्तारै मिर्गौला खराब गर्ने, दृष्टि समस्या बढ्दै जाने, घाउ निको नहुने, मस्तिष्काघातसम्म पुर्याउने खतरा रहन्छ। मधुमेहसँगै उच्च रक्तचाप, मोटोपना, कोलेस्टेरोल भएका बिरामीलाई हृदयाघातको जोखिम बढी हुने गर्दछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







