जोण्टा क्लब अफ पोखराद्वारा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित




पोखरा । जोण्टा क्लब अफ पोखराले महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरेको छ ।

महिलाका सुरक्षा, सेवा, स्वास्थ्य र शिक्षामा केन्द्रित रहि आफ्ना वार्षिक कार्य योजनाहरु मध्य आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको जोण्टा क्लब अफ पोखराका अध्यक्ष मोनिका थापाले बताइन् ।

जोण्टाका सदस्यहरुले आफ्नो समय ,सिप र ज्ञानलाई स्वयंम सेवाको रुपमा स्थानीय तथा अन्तराष्ट्रिय सेवामुलक परियोजना प्रदान गरी जोण्टाको उदेश्य ,परिकल्पना र लक्ष्य प्राप्तिको लागि काम गरिरहेका छन् ।

महिला आधा आकाश हुनु र पनि महिलाका हक अधिकार तथा उनिहरुको समस्या र विभेद अझै पनि उस्तै छन । यसै सन्दर्भलाई मध्यनजर गर्दै जोन्टा क्लबले सन् १९१९ मा अमेरिकाको द्यगााबयि अष्तथ मा स्थापना भएको अन्तराष्ट्रिय अग्रणी विश्वव्यापी संस्था हो । जसले पैरवी र सेवाको माध्यम बाट महिला लाई सशक्तिकरण गराउने उदेश्य सहित विभिन्न ६१ देशबाट २१ हजार भन्दा बढी सदस्यहरु छन् जहाँ १,१०० जोन्टा क्लब संग आवद्ध छन् भने ६१ देश मात्र नभई विविध भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्दै आईरहेको छ ।

विगत ९ वर्ष देखि जोन्टा क्लब नेपालमा स्थापना भएको थियो भने सन् २०१९ मा नेपालको दोस्रो क्लव को रुपमा जोन्टा क्लब अफ पोखरा स्थापना भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।