कर्मचारी युनियन हिमालय आँखा अस्पतालको अध्यक्षमा नकर्मी


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




पोखरा ।नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेम कुमार नकर्मी निर्वाचित भएका भएका छन् । युनियनको शनिबार पोखरामा सम्पन्न सातौं अधिबेशनले नकर्मीलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचीवमा अनिलकुमार शिंह, कोषाध्यक्षमा पुन्य प्रताव शाह र सहसचिबमा कल्पना आचार्य निर्वाचित भएका छन् ।

यस्तै अधिबेशनले सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल,सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ्ग, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण रानालाई चयन गरेको छ । नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष उमेश गिरीले पद तथा गोपनियताको सफथ ग्रहण गराएका थिए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्र बहादुर खत्री संयोजक, युनियनका केन्द्रिय सल्लाहकार कमिटी सदस्य मन्जु आचार्य, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, जिफन्ट पोखरा महानगर कमिटीका अध्यक्ष सुर्य प्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकारहरु सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

यसअघि कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रिय अध्यक्ष गिरीले युनियनहरु व्यवस्थापन पक्षले चलाउने खालको बन्न नहुने बताउदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए । उनले मर्यादित जीवन बाँच्न पाउने हक हरेक श्रमजिबी मजदुरको हुने भन्दै समयानुकूल र महङ्गीलाई मध्यनजर गरेर पारिश्रमिक निर्धारण हुनुपर्नेमा जोड दिए । हरेक मजदुरलाई योगदानमा आधारित सामजिक सुरक्षा कार्यक्रम भित्र समाबेश गराउनु पर्ने भन्दै केन्द्रिय अध्यक्ष गिरीले श्रम ऐन पुर्ण रुपमा कार्यन्यवन हुन आवश्यक रहेको बताए ।

जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले मजदुर आन्दोलन कै बलमा आज मजदुरहरुले एक लाख सम्मको निशुल्क उपचार र दुर्घटनामा परेमा सात लाख सम्मको दुर्घटना बिमा सुबिधा प्राप्त गरेको बताउदै एकतामा बल भएकोले संगठित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे ।

हिमालय आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बरिस्ठ अधिवक्ता कृष्ण बहादुर गुरुङ्गले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेसागत हक हितको लागि संगठित हुन पर्नेमा जोड दिए ।

युनियनका अध्यक्ष प्रेम कुमार नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका शाही योगी, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर इलिया श्रेष्ठ, युनियनका केन्द्रिय सदस्य गोबिन्दनाथ योगि, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनिपालका अध्यक्ष अमृत पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

युनियनका उपाध्यक्ष पार्वती गुरुङ्गले स्वागत, सञ्चालन सचिव अनिल कुमार सिंहले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।