हिमालय आँखा अस्पताल कर्मचारी युनियनको अध्यक्षमा नकर्मी


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखराको अध्यक्षमा प्रेमकुमार नकर्मी पुन: निर्वाचित भएका छन्।

युनियनको शनिबार पोखरामा सम्पन्न सातौ अधिबेशनले नकर्मीलाई पुन: अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा सकुन्तला श्रेष्ठ, सचिवमा अनिलकुमार सिंह, कोषाध्यक्षमा पुण्यप्रताव शाह र सह–सचिबमा कल्पना आचार्य छन्।

यस्तै सदस्यहरूमा बिष्णु काफ्ले, जमुना पौडेल, सन्तोष बराल, सृजना तिवारी, गिता नहर्की, शान्ति चौधरी, दिपिका गुरुङ, बिजय पौडेल, चित्रा उप्रेती र कृष्ण राना छन्।

नबनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष उमेश गिरीले पद तथा गोपनीयताको सफथ गराए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री संयोजक, युनियनका केन्द्रीय सल्लाहकार कमिटी सदस्य मञ्जु आचार्य, युनियनका केन्द्रीय सदस्य गोबिन्दनाथ योगी, जिफन्ट पोखरा महानगर कमिटीका अध्यक्ष सूर्यप्रसाद उपाध्याय, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होमका अध्यक्ष कृष्ण आचार्य, युनियनका सल्लाहकारहरु सुभास नेपाल र शशिकला लामिछाने सदस्य रहेको निर्वाचन कमिटीले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो।

अधिबेशनको पहिलो सत्रलाई संम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी युनियनका केन्द्रीय अध्यक्ष गिरीले युनियनहरु ब्यवस्थापन पक्षले चलाउने खालको बन्न नहुने बताउँदै सक्षम नेतृत्वको खोजी गर्नुपर्ने बताए। उनले मर्यादित जीवन बाँच्न पाउने हक हरेक श्रमजीबी मजदुरको हुने भन्दै समयानुकूल र महंगीलाई मध्यनजर गरेर पारिश्रमिक निर्धारण हुनुपर्नेमा जोड दिए।

हरेक मजदुरलाई योगदानमा आधारित सामजिक सुरक्षा कार्यक्रम भित्र समाबेश गराउनुपर्ने भन्दै केन्द्रीय अध्यक्ष गिरीले श्रम ऐन पूर्ण रुपमा कार्यन्यवन हुन आवश्यक रहेको बताए।

जिफन्ट गण्डकीका अध्यक्ष खत्रीले मजदुर आन्दोलन कै बलमा आज मजदुरहरुले एक लाखसम्मको निशुल्क उपचार र दुर्घटनामा परेमा ७ लाखसम्मको दुर्घटना बीमा सुबिधा प्राप्त गरेको बताए। मजदुर एकतामा बल भएकोले संगठित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे।
हिमालय आँखा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बरिस्ठ अधिबक्ता कृष्णबहादुर गुरुङले आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राखेर पेशागत हकहितको लागि संगठित हुनुपर्नेमा जोड दिए। उनले हिमालय आँखा अस्पतालले नेपाल सरकारले तोकेको भन्दा पनि कम शुल्कमा बिरामीहरूलाई सेवा दिएको दाबी गर्दै आफूहरु नाफा कमाउने उद्देश्यले नभई सेवामूलक रुपमा अगाडि बढेको बताए।
पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका शाही योगी, हिमालय आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर इलिया श्रेष्ठ, युनियनका केन्द्रीय सदस्य गोबिन्दनाथ योगी, नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृत पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए।
युनियनका अध्यक्ष प्रेमकुमार नकर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनियनका उपाध्यक्ष पार्वती गुरुङले स्वागत मन्तव्य तथा सचिव अनिलकुमार सिंहले कार्यक्रम संचालन गरेका थिए।
अधिबेशनबाट सांगठनिक प्रतिबेदन र आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।