फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रुवाहक जीप बगाउँदा ५ वर्षीया बालिकासहित ८ जनाको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।
तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो। २५ यात्री सवार जीप उत्तरबाट गाउँतर्फ जाँदै गरेको र खोला तर्ने क्रममा थियो।
तनय नगरपालिका प्रकोप न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख नोर्बर्टो फ्रान्सिस्को माटिएन्जोले बाढीले बगाउँदा जीप नदीको बीचमा फसेको बताएका छन्। दुर्घटनामा परी ज्यान गुमाउने ७ जना ६० वर्ष नाघेको र १ जना घाइते भएको उनले बताए।
लामो समतल यात्री जीपहरू फिलिपिन्समा सार्वजनिक यातायातको सबैभन्दा लोकप्रिय माध्यम हो। यी प्रतिष्ठित गाडीहरू दोस्रो विश्वयुद्धदेखि फिलिपिन्सको सडकमा गुडिरहेका छन्।
रासस/सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






