हालसम्म अर्जेन्टिना र क्रोएसियाले ५ खेलमा सामने–सामने भएका छन्।
जसमा दुवै टिमले २/२ खेलमा जित निकालेका छन्।
अर्जेन्टिना र क्रोएसियाले अहिलेसम्म १ खेलमा भने बराबरी खेलेका छन्।
यी २ टिमले सन् १९९० मा पहिलोपटक एक–अर्काविरुद्ध खेलेका थिए। सो खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अर्जेन्टिना र क्रोएसियाले सन् १९९८ मा एकअर्काविरुद्ध खेले। सो विश्वकप खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले हरायो।
१९९८ पछि अर्जेन्टिना र क्रोएसियाले २००६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेले। जहाँ क्रोएसियासँग अर्जेन्टिना ३–२ ले पराजित बन्यो। त्यसपछि यी दुई टिमले २०१४ मा पनि मैत्रीपूर्ण म्याचमा प्रतिस्पर्धा गरे। सो खेलमा भने अर्जेन्टिनाले क्रोएसियालाई २–१ ले हरायो।
अर्जेन्टिना र क्रोएसियाले २०१८ को विश्वकपमा पनि एकअर्काविरुद्ध खेले। सो समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले स्तब्ध बनायो।
जारी विश्वकपमा क्रोएसिया अर्जेन्टिनाविरुद्ध गत संस्करणकै जित यात्रालाई कायम राख्ने साेंचमा छ। उत्कृष्ट लयमा रहेको अर्जेन्टिना गत विश्वकपको हारको बदला लिँदै फाइनलको यात्रा गर्ने योजनामा छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







