अवकाशप्राप्त अमेरिकी वायु सेनाका ९४ वर्षीय पाइलट कर्णेल जोसेफ किटिन्जरले ५० वर्षदेखि एकदमै धेरै उचाईबाट प्यारासुट जम्प गरी कीर्तिमान राख्दै आएका थिए।
उनको हालै फोक्सोको क्यान्सरका कारण मृत्यु भएको पूर्व अमेरिकी रिपब्लिकन जोह्न माइकाले घोषणा गरेका छन्।
विगतमा अमेरिकी वायुसेनाका क्याप्टेन र पाइलट रहेका उनी एकपटक हिलियम ग्यास भरिएका ठूलो बेलुनमा झुन्ड्याएको बास्केटमा बसेर अत्यन्तै उचाइबाट दस महिनाभित्र ३ वटा जम्प पूरा गरेर अन्तर्राष्ट्रिय ख्याति बटुल्न सफल भएका थिए।
सन् १९५९ को नोभेम्वरमा पहिलो जम्प गर्दा उनको झण्डै ज्यान गएको थियो। पृथ्वीको सतह भन्दा साढे १४ माइल माथिबाट जम्प गर्दा त्यतिबेला उनको गियरमा केही गडबडी आएको थियो। गुरुत्वाकर्षण शक्तिको २२ गुणाले घुम्न पुग्दा उनले होस गुमाएका थिए।
तर, अचानक अटोमेटिक सुट खुलेपछि भाग्यले उनको ज्यान जोगिएको थियो। सो घटनाको एक महिना पछि उनले पुन १४ माइलको उचाईबाट दोस्रो सफल जम्प गरेका थिए।
किटिन्जरले सन् १९६० को १६ अगस्टमा न्यू मेक्सिकोको मरुभूमिमा १९ माइल उचाईबाट प्यारासुट जम्प गरी पहिलो कीर्तिमान राखेका थिए। उनले भियतनाम युद्ध दौरान ३ पटक सेवा गरेका थिए।
फोक्स न्युजबाट
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






