प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्सासामा आएको वर्षाैँपछिकै सबैभन्दा भयावह बाढीको कारण १२० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।
मृत्यु हुनेमा अधिकांश पहाडी क्षेत्रका छन्। ती स्थानमा मंगलबार ठूलो पहिरो गएको थियो।
घण्टौदेखि निरन्तर भीषण वर्षा भइरहेकाले सहरको मध्य भागका थुप्रै प्रमुख सडक डुबानमा परेका छन् भने थुप्रै घरहरू ढलेका छन्।
सरकारले ३ दिने शोक दिवस मनाइने घोषणा गरेको छ। देशको मुख्य बन्दरगाह माताडीसँग जोड्ने ‘एन १ राजमार्ग’ लगायत नजिकका अन्य थुप्रै क्षेत्र हिलो पानीको डुबानमा परेका छन् भने सडकहरू सिन्कहोलका कारण फाटेका छन्।
केंगा म्वाम्वा नामक एक व्यक्तिले बीबीसी न्यूज स्वाहिलीलाई बताएका छन्, ‘मेरो घर ढलेको छ। परिवार त्यसभित्र फसेका छन्।
मेरो घरभित्र पस्ने बाटो नै छैन। मैले एक बच्चालाई मात्र बचाउन सकेँ। मेरी पत्नीको शव घरभित्र तैरिरहेको पाएँ। मैले मरिसकेका मेरा अन्य ३ सन्तानको शव भग्नावशेषमा पुरिएको अवस्थामा देखेँ। पानी थामिएपछि बल्ल मेरा छिमेकीहरूले लाश निकाल्न मद्दत गर्न आए।’
एएफपीका एकजना पत्रकारले आफूले ढलेको घरमा पुरिएका एउटै परिवारका ९ जनाको शव देखेको बताएका छन्।
प्रधानमन्त्री जिन–मिचेल सामा लुकोन्डे एउटा सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै किन्सासाका विभिन्न भागको क्षतिको मूल्यांकन गरेका छन्।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






