पोखरा । नेलम्बो नेपालको निःशुल्क स्वास्थ्य शिविर स्याङ्गजाको आँधीखोला गाउँपालिकामा सम्मपन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. ४, कास्कीमा रहेको नेलम्बो नेपालले स्याङ्गजा जिल्लामा रहेको आँधीखोला गाउँपालिकासँग सहकार्य गरी आँधीखोला गाउँपालिका वडा नं. १ मा रहेको पंचमुल प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उक्त शिविरमाबाट ६ सय ३३ जनाले सेवा लिएका थिए । साथै शिविरबाट जर्नल फिजिसियनमा ४ सय ४३ सेवा, हाडजोर्नी सम्बन्धी २ सय ७८ सेवा, स्त्री रोग गाइनो सम्बन्धी, १सय ५७ सेवा, नाक कान, घाँटी सम्बन्धी १ सय ८२, दन्त सम्बन्धी, २ सय ६५ सेवा, छाला सम्बन्धी १सय १४ सेवा, भिडियो एक्सरे ३२ सेवा, इसिजि ५३, ल्याब परीक्षण १ सय ३१ सेवा गरी जम्मा कुल १ हजार ६ सय ४६ सेवा पनि उपलब्ध गराईएको थियो ।
एक आकस्मीक प्रसुति सेवा पनि प्रदान गरिएको उक्त शिवरमा डा. प्रकाश कार्की, डा. विनोद वराल, डा. सुदर्शन आचार्य र डा. सिजन मर्सानीले सेवा प्रदान गर्नु भएको थियो भने अन्य प्राधिक टोलीमा १५ जना खटिएका थिए ।
पोखरामा रहेको नेलम्बो नेपालले स्याङ्गजामा पुगेर यतिका असम्भव सेवाहरु प्रदान गरेकोमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले धन्दवाद व्यक्त गरे । उनले नेलम्बो नेपालसँग मिलेर थप यस्ताखालका सामाजिक कार्यका लागि सहकार्य गर्न पालिका तयार रहेको बताए ।
सोही कार्यक्रममा सहयोगी संस्थाका अध्यक्ष एकदेव देवकोटाले आफुहरुको कार्यक्रम प्रति गाउँपालिकाले विश्वास गरेर सहकार्य गरेको प्रति आभार व्यक्त गरे । उनले नेलम्बो नेपाल विपन्न समुदायको दुरदराजमा गएर सेवा दिने संस्था भएको हुदाँ गुयास्तरीय सेवा प्रदानको लागि सधै तयार रहेको र संस्थाले स्थानियको सक्रियता भएको ठाउँमा क्रार्यक्रम सञ्चालन गर्ने र त्यसले दुवैको अपनत्व हुने पनि बताए ।
भविष्यमा यस पालिकासँग शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा अन्य कार्यक्रम गर्न पनि संस्था तयार रहेको उनले बताए । उनले नेलम्बो नेपालका हरेक कार्यक्रममा गुणस्तरीयता हुने र कोभिड १९ को विश्व महामारीमा नेलम्बो नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरु गरेको पनि स्मरण गराए ।
सो कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष पवन काजी अधिकारीले यस खालको निःशुल्क स्वास्थ्य शिविरबाट गुणस्तरीय स्वास्थ्य सेवा लिएकोमा आफु सन्तुष्ट रहेको भन्दै आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु सञ्चालन हुन आवश्यक रहेको बताए ।
कार्यक्रम पवन काजीको अध्यक्षता तथा पंचमुल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डिल्लीराम अधिकारीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन…






