कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना हुने भनिएको शान्ति वार्ताको यहाँका विद्रोही समूहले स्वागत गरेका छन् ।
कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो । यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी ९इएलएन० सँग आगामी महिना शान्ति वार्ताको सहमति भएको थियो । शनिबारको सो सहमतिको यहाँको सो विद्राही समूहले आधिकारिक रुपमा स्वागत गरको हो ।
यहाँका विद्रोही समूहले सोमबार सो शान्तिवार्ताका माध्यमबाट सबै समस्याको समाधान निकाल्नुपर्ने भन्दै अबको दोस्रो चरणको वार्ताबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने अपेक्षा गरिएको बताएको हो ।
अबको वार्तामा सरकारी पक्ष पनि आसावादी भएको र दुवै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको सरकारी वार्ता टोलीका संयोजकले शनिबार बताएका थिए ।आगामी वार्ताका लागि दुवै पक्षबीच समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविराम गरिने पनि सो समूहले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको र सोही प्रयासस्वरुप आगामी महिना शान्ति वार्ता हुन लागेको हो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







