ग्रिसमा रेल दुर्घटनामा परी कम्तीमा पनि १५जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा १५ जनाको ज्यान गएको ग्रिसका अधिकारीहरुले पुष्टि गरेका छन् ।
दुइ रेल आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो र त्यसमा परेर १५ जनाको ज्यान गएको बताइएको छ । मध्य ग्रिसमा मङ्गलबार मध्य राति सो दुर्घटना भएको र थप क्षतिको विवरण आउन बाँकी रहेको यहाँको राष्ट्रिय प्रसारण इआरटीले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







