अन्नपुर्ण बाल तथा महिला हस्पिटलको शिविरमा ८३ जना लाभान्वित


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०७९ मा प्रकाशित




पोखरा । अन्नपूर्ण बाल तथा महिला हस्पिटलमा एक दिने नि:शुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । शिविरमा नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा.राजन पौडेल, बालरोग बिशेषज्ञ डा.बिधान घिमिरेले सेवा दिएका थिए ।

शिविरमा ज्ञान गङ्गा एकेडेमी,पोखरा–१४ का ६५ जना बालबालिका र १८ जना सर्ब–साधरण गरि ८३ जनाले स्वास्थ्य सेवा लाभ लिएको अस्पताल का निर्देशक सन्तोष पाण्डेले जानकारी दिए ।

सो अवसरमा बोल्दै अस्पतालका निर्देशक पाण्डेले अन्नपूर्ण बाल तथा महिला हस्पिटल छिटो, छरितो र गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।