साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित




साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ ।

सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ। प्रतिवेदनले यस वर्षको जनवरी र मार्चको बीचमा गैर(तेल गतिविधिहरूमा ५.८ प्रतिशत र तेल क्षेत्रमा १.३ प्रतिशत वृद्धि भएको देखाएको छ ।

यता मौसमी समायोजन वास्तविक जीडीपीको तथ्याङ्क अनुसार अघिल्लो त्रैमासिकको तुलनामा पहिलो त्रैमासिकमा १.३ प्रतिशतले घटेको छ। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।