,

सुनको भाउ बढ्यो, चाँदीको स्थिर


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित




सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

साताको दोस्रो दिन आज सुनको भाउ तोलामा १ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको १ लाख १० हजार ६ सय रुपैयाँ थियो ।

यसैगरि ,चाँदीको भाउ भने आज पनि स्थिर छ । गएको बिहीवारदेखि चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।