दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा सशस्त्र समूहसँगको भिडन्तमा आइतवार छ इरानी सीमा सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानसँगको इरानको सिमानामा रहेको सारावनमा सीमा सुरक्षाकर्मीको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले स्थानीय अभियोजक मेहदी शम्साबादीलाई उद्धृत गर्दै जनाएको छ ।
अफगानिस्तानको सिमानामा पर्ने गरिबीले ग्रस्त सिस्तान–बलुचिस्तान लागूऔषध तस्कर गिरोहका साथै बलुची अल्पसङ्ख्यक र सुन्नी मुस्लिम चरमपन्थी समूहका विद्रोहीसँग भिडन्त भइरहने स्थल हो ।
आइतबारको आक्रमण देशमा घुसपैठ गर्न खोज्ने आतङ्कवादी समूहद्वारा गरिएको जनाउँदै समाचार समिति फार्सले झडपपछि उक्त समूहका लडाका सीमा पारी भागेका जनाएको छ । यो आक्रमण हालैका महिनामा भएकामध्ये सबैभन्दा घातक हो ।
गत मार्च ११ मा सोही क्षेत्रमा अपराधीसँग भएको झडपमा दुई जना प्रहरीले ज्यान गुमाएका सरकारी समाचार समिति इर्नाले त्यसबेला जनाएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






