पोखरा । पोखरामा जन्मदिनको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४९ युिनट रगत संकलन भएको छ । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजनामा क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्मदिनको अवसरमा मेडीप्लस हस्पिटल ,महेन्द्रपुलमा रक्तदान कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउदै निशुल्क दान गरेको रगत प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताए । उनले हाल गण्डकी प्रदेश सरकारले आवश्यक किटहरु निशुल्क प्रदान गर्ने व्यवस्था गरे संगै यो व्यवस्था लागु गरेको जनकारी दिए ।
त्यस्तै गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक एवम क्लवका पुर्व अध्यक्ष तिमिल्सिनाले रक्तदानले स्वास्थ्यमा असर नगर्ने ,स्वस्थ्य शरीर प्राप्त गरिने भन्दै आफ्नो जन्मदिनका अवसरमा रक्तदान गर्ने सम्पुर्ण रक्तदाताहरुप्रती आभार व्यक्त गरेका गरे ।
डा।सरोज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव लायन्स क्लव अफ पोखरा डेस्टीनेशनका पुर्व अध्यक्षहरु डा अमर नागिला ,रामप्रसाद तिमिल्सिना , जोन चियरपर्सन राजेन्द्र शर्मा ,अध्यक्ष सन्तोष शर्मा ,हाम्रो गन्तब्य बहूउद्येश्यीय सहकारी सस्थाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना ,मेडीप्लस हस्पिटलका संचालक आनन्द भटराई लगाएतको उपस्थिति रहेको थियो ।
यस वर्षको रक्तदान कार्यक्रममा मेडीप्लस हस्पिटल ,हाम्रो गन्तब्य बहूउद्येश्यीय सहकारी सस्था ,लायन्स क्लव अफ पोखरा डेस्टीनेशन र लियो क्लव अफ पोखरा डेस्टीनेशनले समन्वय गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







