पोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ ।
नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज (बिहीबार) पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागिले नर्सहरुको समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता कुराहरु सहभागिले बताएका थिए ।
अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागिहरुको भनाई थियो । राज्यले तदारुकताका साथ नर्सिङ क्षेत्रमा समस्याको पहिचान गरि अनुगमन र उचित नीति नियम कार्यान्वयन गरिदिन उनिहरुको माग छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा नर्सहरुको पेशा प्रति गलत टिप्पणी आइरहेको हुँदा उनीहरुको मनोवललाई गिर्न नदिन कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले बताइन् । नर्सहरुको समस्या बुझ्न र उनीहरुको मनोवल उच्च राख्न क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको संयोजक पुरीको भनाई छ । नर्सहरुको समस्याका बारेमा राज्यले नखोज्दा र नबोल्दा समस्या झनै बढ्दै गएको उनले बताईन् ।
कार्यक्रमले अहिले नर्सका समस्या के के छन् थाहा पाउन सहज भएको कार्यक्रमकी सहसंयोजक सरस्वती श्रेष्ठले बताइन् । समस्या मात्र खोजेर नहुने यसको उचित समाधान तर्फ सबैजना लाग्नुपर्ने श्रेष्ठको भनाई थियो ।
पोखराका विभिन्न नर्सिङ क्याम्पस र अस्पतालका ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन विवेक रानाभाटले गरेका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालमा नर्सिङका विषयमा नकरात्मक टिप्पणीहरु बाहिरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







