दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असार १६ गते २०८० मा प्रकाशित




भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो ।

यवतमालबाट पुणे जाँदै गरेको उक्त बसमा ३३ जना यात्रु सवार रहेको बुझिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।