बिष्णुपादुका उमावि हेमजामा खानेपानी टंकीको शिलान्यास


     एभरेस्ट आवाज    
     असार २० गते २०८० मा प्रकाशित




पोखरा । पोखरा स्थित बिष्णुपादुका उच्च उमावि हेमजामा १० हजार लिटरको खानेपानी टंकीको शिलान्यास गरिएको छ ।
लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा हजेली एकडेमी यु.के.का २३ जना विद्यार्थीहरुको २ लाखको सहयोगमा निर्माण भएको टंकीको शिलान्यास गरिएको हो ।

पोखरा महानगर पालिका प्रवक्ता तथा वडा नं। २५ का वडा अध्यक्ष मोतीराज तिमिल्सिनाले शिलान्यास गरेका हुन् । सो अवसरमा तिमिल्सिनाले विद्यार्थीहरुको सहयोगले विद्यालयका विद्यार्थीहरुलाई शुद्ध खानेपानी ब्यबस्था गरिदिएकोमा लायन्स क्लब अन्नपूर्णलाई धन्यबाद व्यक्त गरे ।

परियोजना निर्देशक सोनाम साङपोले पोखरा वरिपरि ४१ वटा विद्यालयमा खानेपानी टंकी सम्पन्न भईसकेको र जुलाई महिना भित्र अरु ३ वटा विद्यालयमा खानेपानी टंकी निर्माण गरिने जानकारी दिए।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीले बिदेशी दातृ संस्थाबाट विद्यालयलाई सहयोग गरेकोमा धन्यबाद दिए । जोन चियरपर्सन सुजन श्रेष्ठले लायन्स क्लब अन्नपूर्ण डिष्ट्रिक जे को एक उत्कृष्ट क्लब रहेको बताए । विद्यालयका प्रधान अध्यापक दिपक राज पौडेल बिदेशी विद्यार्थीले अर्को विद्यार्थीहरुलाई सहयोग निकै स्वागत योग्य रहेको जनाए ।

कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य धन कुमारी पोखरेल, लायन्स क्लब हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठ,डिष्ट्रिक चिफहरु डम्मर सिंह गुरुङ, सुरेश बहादुर श्रेष्ठ, दुधमान गुरुङ, अन्नपूर्णका पूर्व अध्यक्ष रबिसन्स प्रजू ,रुद्र घले, नारायण बाटाजू लगाएत मन्तव्य राखेका थिए । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष गणेश छबिले स्वागत मन्तव्य,कार्यक्रमको सभापतित्व बिष्णु कुमार गुरुङ र सञ्चालन सचिव दुर्गा जोजिजुले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।