पोखराका औषधी पसलमा प्रशासनको अनुगमन


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित




साउन ८ पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आज पोखराका पाँचवटा औषधी पसल अनुगमन गरेको छ ।

प्रशासकीय अधिकृत दीपक रेग्मी नेतृत्वको टोलीले पोखराको पृथ्वीचोकस्थित दुईवटा र महेन्द्रपुलस्थित तीनवटा औषधी पसल अनुगमन गरेको हो । टोलीमा सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

अनुगमनका क्रममा कतिपयमा सम्बन्धित जिम्मेवार व्यक्ति बाहेक अन्यले औषधी विक्री वितरण गर्ने गरेको, सरसफाईमा ध्यान नदिइएको, नविकरण नगरेका जस्ता कमजोरीहरू पाइएको प्रशासकीय अधिकृत रेग्मीले जानकारी दिए । अनुगमन टोलीले औषधीको मूल्य सूची, म्याद नाघेका औषधीको व्यवस्थापन लगायतमा जानकारी लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले समय समयमा जनसरोकारका विषय र क्षेत्रमा अनुगमन गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।