पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसको संयोजनमा पोखरा १८ पदेली स्थित श्री जन जागृति बिद्यालयमा बेलायतका एडम्स ग्रामर स्कुल यु.के का २३ जना बिद्यार्थीहरुले खाजाको रकम कटाएर रु २ लाखको सहयोगमा १० हजार लिटरको खानेपानी टंकीको शिलान्यास पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाबाट सम्पन्न भयो अन्तर्राष्ट्रिय संस्था लायन्स को बिशुद्ध समाज सेवा नेपालमा एक उदाहरणीय र अनुकणीय रहेको छ ।
बिदेशी बिद्यार्थीहरुले वडा नं. १८ को यस बिद्यालयलाई सहयोग गरेको धन्यबाद दिए बिद्यायल ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना बिदेशी बिद्यार्थीहरुले यस बिद्यालयका बिद्यार्थीहरुलाई शुद्ध खानेपानीको लागी सहयोग पछि सम्म निरन्तर रहि रहने बताए ।
खानेपानी परियोजनाका निर्देशक सोनाम साङपोले बिद्यार्थीहरुलाई पानीबाट हुने रोगले बिद्यार्थीहरुलाई पठन पाठनमा अबरोध नआवोस भनि लायन्स क्लब अन्नपूर्णले पोखराका ४१ वटा सरकारी बिद्यालयहरुमा शुद्ध खानेपानी टंकी सम्पन्न भई सकेको बताए । जोन चियरपर्सन सुजन श्रेष्ठले लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसले स्वास्थ्य खानेपानी क्षेत्रमा काम गरी क्लबले एक उत्कृष्ट कार्य गरेकोमा खुशि ब्यक्त गरे ।
लायन्स क्लब अन्नपूर्णका अध्यक्ष बिष्णु कुमार गुरुङले भरर्खर स्थापना भएको लायन्स क्लब नाइस ले समाज सेवामा एक कदम अगाडी रहेकोमा धन्यबाद दिए । बिद्यालय का प्रधान अध्यापक यम बहादुर थापाले बिदेशी बिद्यार्थीहरुले खाजाको रकम कटाएर आफुहरु स्वयम् भोलेन्टर भई काम गरेको बिद्यालयको तर्फबाट हार्दिक स्वागत गरे ।
सो अवसरमा वडा नं. १८ का महिला जनप्रतिनिधि कल्पना ढकालले जहा आवश्यकता त्यहाँ लायन्सको उपस्थित रहने बताए । उक्त कार्यक्रमको संयोजक सपना ठुसाजु कार्यक्रम संचालन सचिव बिष्णुमाया थापा जोजिजु कार्यक्रमको सभापतित्व लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसका अध्यक्ष तिर्थ श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट…






