समाजमा जति पनि मानिसहरु हुन्छन् या बस्छन् भनौँ विचार,व्यवहार र कार्यशैली फरक हुन्छन् उनीहरुका । यहि विचार,व्यवहार र कार्यशैलीले व्यक्तिको परिचय दिन ऊ कस्तो खालको भन्ने ।
सानै उमेरदेखि तीक्ष्ण बुद्धि, वाक कला भएका व्यक्ति थिए राजेन्द्रकुमार श्रेष्ठ (जन्म : २०२८-०८-०४,स्वर्ग : २०८०-०४-०६) । उनको हरेक कुरामा बलियो तर्क हुन्थ्यो ,उनको तर्कलाई नकार्न सकिँदैनथ्यो सितिमिति त्यसैले प्रायजसो उनले बोलेका कुरा निर्णायक हुन्थ्यो ।
वि.स.२०४१ सालमा बगाले टोल,पोखरा–८ मा स्थापना भएको सिद्धार्थ क्लबले हालसम्म आइपुग्दा सामाजिक कार्य मार्फत राष्ट्रिय स्तरमा ख्याति कमाएको छ । यसको स्थापना ताका राजेन्द्र मात्र १३ वर्षका थिए । १६ वर्ष नपुगि सदस्यता लिन प्रावधान नभएकोले उनि संस्थापक सदस्य हुन् त पाएनन् तर उमेर सानै भएपनि क्लबका हरेक क्रियाकलापमा उनि सक्रिय र १६ वर्ष पुगेपछि क्लबको सदस्यता प्राप्त गरे ।
स्थानिय तथा राष्ट्रिय स्तरमा संचालन भएका विभिन्न तालिम, गोष्ठी,सेमिनारहरुमा संस्थाको प्रतिनिधित्व गर्दे सहभागि भएका राजेन्द्र क्लबका कुशल सहजकर्ता भएर धेरै तालिमहरु दिए । आ.ब. ०५३÷५५ (दुई कार्यकाल) अध्यक्ष भै क्लबको नेतृत्व गरेका राजेन्द्रले क्लबको उचाई बढाउन महत्वपूर्ण कार्यहरु गरे । प्रस्तावना तयार गरी राष्ट्रिय,अन्तराष्ट्रिय,भातृसंस्थाहरुसँग सहकार्य गर्ने कार्यमा उनको मुख्य भूमिका रहेको छ ।
सत्य कुरामा सधै अडिग रहने उनि निःस्वार्थ समाजसेवा गर्थे,यसका लागि कुनैपनि व्यक्तिसँग पछि पर्थेनन् । कतिपय अवस्थामा अल्पमतमा पर्थे तापनि आफ्नो कुरामा अडिग रहन्थे ।तीतो तर सत्य बोल्थे उनि । सिद्धार्थ क्लबमा उनि केहि वर्ष कार्यकारी अधिकृत भै तलबी कर्मचारीका रुपमा कार्य गरी क्लबको व्यवस्थापन सुधारमा महत्वपूर्ण कार्य गरे ।
सिद्धार्थ क्लबबाट समाजसेवामा प्रवेश गरेका उनले आफ्नो जीवनकालमा अन्य संघसंस्थाहरुमा समेत सहभागि भै अमूल्य योगदान गरे । सिद्धार्थ क्लबद्धारा प्रबद्र्धित शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था र नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाको विधान,नीति,नियम निर्माणका साथै दर्ता प्रक्रियामा महत्वपूर्ण योगदान गरे र आजिवन गरी रहे । कम्यूटर एशोसिएन कास्कीको अध्यक्ष भै पेशागत हकहितका लागि नेतृत्व गरेका उनको कार्यकालमा उक्त संस्थाको व्यवस्थापन गर्नमा अहोरात्र खटिए ।
समाजसेवाका साथै नेवारी संस्कृतिमा समेत विशेष चाख भएका राजेन्द्र किशोरावस्था देखि नै बगाले टोलबाट प्रदर्शित हुने गाइजात्रा नृत्य कलाकारको रुपमा धेरै वर्ष सहभागि भए । उनको नेतृत्वमा ज्ञानमार्ग गैहृापाटनमा नेवा : समाजको स्थापना गरी त्यस टोलबाट पहिलो पटक गाइजात्रा नृत्य समूह गठन गरी गाइजात्राको शुरुवात गरेका राजेन्द्र बगाले टोल नेवा: गुठिका संस्थापक सदस्य र नेवा खल: कास्कीका पूर्व सहसचिव थिए ।
मिजासिला,सहयोगी स्वभावका राजेन्द्र ठट्ठा गर्न पनि सिपालु थिए । जहाँ राजेन्द्रको सहभागिता हुन्थ्यो,त्यहाँको माहोल रमाइलो हुन्थ्यो । आफ्नो उपचारको क्रममा पनि कहिल्यै निराश भएनन् उनि । उनि अध्ययनशिल थिए हरेक विषयका पुस्तकहरु अध्ययन गर्थे र राम्रा कुराहरु मनन् गर्थे ।उपन्यास,कथा,राजनिति,आध्यात्मिक पुस्तक उनका अध्ययनका खुराक थिए । जीवनमा आइ परेका हरेक समस्यालाई सहज रुपमा लिन्थे र सहजै समाधान पनि गर्थे । उनलाई थाहा थियो आफूलाई लागेको रोगका बारे ५ वर्ष ११ महिना सम्म लडि रहे अन्तत : समयको नियती ,प्रकृतिको नियमसँग लड्दा लड्दै पराजित हुन पुगे । र वि.स. २०८० श्रावण ६ गते शनिबारका दिन संसारबाट भौतिक शरीर त्याग गरे तर उनले समाजमा गरेको योगदान,साथीहरु बिच गरेको व्यवहारले सबैको मन जितेको छ ।
सधैँ सबैको स्मृतिमा रहि रहने छौ प्रिय भाइ राजेन्द्रकुमार श्रेष्ठ ‘राजु’ । अस्तु ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्।क्लबको शनिबार पोखरामा सम्पन्न…






