कास्कीमा आयुुर्वेदिक उपचारमा आकर्षण बढ्दै


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित




कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए ।

जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८ /७९ र २०७९/८० मा क्रमश: १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन् । यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्मरपूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उनले बताए ।

अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो । विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उनको भनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।