भदौ २० पोखरा । निःसन्तान दम्पत्तीहरुको सन्तान प्राप्तीको उपचार पद्धतीका क्षेत्रमा काम गर्दै आइरहेको वात्सल्य आई. भि. एफ. क्लिनिक स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ ।
नेपालमा आधुनिक आई.भी.एफ.मा अग्रणी भूमिका खेल्दै आएको संस्था बुधबारबाट सातौं वर्षमा प्रवेश गरेको हो ।
स्थापनको सात वर्षमा प्रवेश गरेको क्लिनिकबाट हालसम्म सात हजार बढी दम्पत्तीले लाभ लिएको जनाइएको छ । क्लिनिकबाट सेवा लिने मध्य आई. भी. एफतर्फ तीन हजार बढी, आई. भी.एफतर्फ एक हजार ८ सय बढी, आई. यू. आई.मा दुई हजार दुई सय बढी र नेचुरल प्रेग्नेन्सीतर्फ गरि उनीहरु लाभान्वित भएको क्लिनिकका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले जानकारी दिए । क्लिनिकबाट हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आई. भी. एफ. सफलता दर रहेको उनले दाबी गरे ।
काठमाण्डौंको नक्सालबाट सेवा शुरु गरेको वात्सायल्य क्लिनिकको अहिले नेपालगञ्जमा पनि शाखा विस्तार भएको छ । उनले भने, आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई. भी. एफ. सफलता दर प्रदान गर्ने भएकाले छोटो समयमा ठूलो फड्को मार्न सफल भयौं । अब आगामी दिनहरुमा प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको छ ।’
क्लिनिकमा नेपालबाहिरबाट पनि सेवाग्राही आउने गरेको क्लिनिकले जनाएको छ । क्लिनिकमा नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आएका सेवाग्राहीले सफलता प्राप्त गरेको क्लिनिकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…







