पोखरा । नेपाल विद्यार्थी संघ कास्कीको आयोजनामा ११० औ विपि जयन्तीको अवसरमा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।
नेविसंघ कास्कीका अध्यक्ष राजिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री यज्ञ वहादुर थापाले विपिवादको सिद्धान्त सवै पार्टीले अवलम्वन गरेको जानकारी दिए । उनले विपिवादको चिन्तनले नै नेपाली काङ्ग्रेस देशकै उत्कृष्ट र जनता प्रेमी पार्टी वनेको बताए।
सोहि कार्यक्रममा नेका क्षेत्रिय सभापति राजेन्द्र मणि लामिछाने , नेपाली काङ्ग्रेस कास्की जिल्ला उपसभापति रामवावु भण्डारी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वावुराम गिरी,, नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, धर्म राज शाही, नसिव गुरुङ, निर्दोष विक्रम पौडेल, लगाएतले बोलेका थिए।
नेविसंघ कास्कीका सभापती राजिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भावना पौडेलले गरेकि थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन…







