नेलम्बो नेपाल र लायन्स क्लबको संयुक्त दन्त शिविर सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बोले पोखरा १२ ढिकालेथरमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

उक्त दन्त शिविरमा २०४ जना विद्यार्थी र शिक्षकहरुको चेक जाँच तथा औषधी उपचार गरिएको थियो । संस्थाले गरेका कार्यक्रम तथा उद्देश्यको वारेमा संस्थाका अध्यक्ष एक देव देवकोटाले प्रष्ट पार्नु भएको थियो ।

उनले एक गाडीमा अत्याधिक सुविधा सम्पन्न उपकरणहरु जडान गरी लक्षित समूदायलाई निःशुल्क दन्त चिकित्सा सेवा प्रदान गर्दै आईरहेको बताए । उक्त शिविरमा दाँतको परिक्षण, दँतको एक्सरे, दाँत भर्ने, दाँतको जरैदेखि उपचार, दाँत निकाल्ने, गिँजाको उपचार सम्भव रहेको बताए ।

उक्त शिविरमा ३४ वटा दाँतको एक्सरे, ३४ वटा दाँत सफा गर्ने, १०१ दाँत भर्ने, जरै देखि उपचार १ र दाँत निकाल्ने काम ५१ वटा गरि कुल २२१ वटा सेवा प्रदान गरिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताए । उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा सहयात्री र लायन्स क्लब अफ पोखरा समर्पणले सहयोग गरेको थियो ।

३ दिने कार्यक्रममा लायन्स क्लब अफ पोखरा सहयात्री र समर्पणले शिविर व्यवस्थापकीय पक्षमा उल्लेख्य सहयोग पु¥याएको थियो । विद्यालय व्यवस्थापन समिति र विद्यलय प्रशासनले शिविर सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको र अधिकांश दैनिक ज्याला मञ्दुरी गर्ने अभिभावकका वाल बच्चाहरु अध्ययन गर्ने भएको हुदाँ शिविर विद्यालयका लागि महत्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर रानाभाटले बताए ।

शिविर सञ्चालन समितिका संयोजक खड्ग सिंग गुरुङ्गले दन्त शिविर अन्य शिविर भन्दा पृथक रहेको र आगामी दिनहरुमा नेलम्बो नेपालसँग थप सहकार्य गर्ने इच्छा रहेको बताए । उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा समर्पण शर्मिला श्रेष्ठ, लायन उर्मिला श्रेष्ठ, लायन निर्मला श्रेष्ठ, लायन हर्क गुरुङ्ग, लगायतले उक्त दन्त शिविर अन्य शिविर भन्दा महत्वपूर्ण रहेको र शिविर मानै उपचार पाउने हँुदा लाभग्राहीहरु अत्यन्तै खुशी रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।