एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् ।
चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका हुन् ।
चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य स्वागत गरेका छन् ।
सिरियामा सन् २०११ मा गृहयुद्ध सुरु भएपछि असदले पहिलो पटक चीन भ्रमणमा आएका हुन् ।
कार्यक्रममा कम्बोडिया, कुवेत, नेपाललगायत देशका नेताको उपस्थिति रहेको छ भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक पनि सहभागी छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






