बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना डेङ्ग सङ्क्रमित विरामीको मृत्यु भएको हो ।
महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







