पोखरा । मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका चिकित्सक डा.दीनेशकुमार विकलाई प्रहरीले छाडेको छ ।
अस्पतालमा भएको झडपपछि चिकित्सको पक्षमा नारावाजीमा उत्रिएका डा.यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर प्रहरीले उनलाई मंगलबार विहान छाडेको हो ।
डा.यादवलाई मंगलबार विहान ९ः१० मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा.मिनबहादुर गुरुङको रोहवर र डा.गिरधारी शर्माको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
चिकित्सकलाई छाडेपनि प्रहरीले मृतकका आफन्तलाई भने थुनामै राखेको छ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ६ की ५७ वर्षिया सुकमाया दुराको चिकित्सकको लापर्वाहीले मृत्यू भएको भन्दै हातपातमा उत्रिएको आरोपमा पक्राउ परेका मृतक पक्षका पोखरा ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले थुनामा राखेर अनुसन्धान अगाडि बढाएको हो । उनीमाथि चिकित्सकमाथि हातपात गरेको आरोप छ ।
यसैबीच, डाक्टरलाई मात्रै छाडेको भन्दै मृतकका आफन्तले मंगलबारपनि धर्ना जारी राखेका छन् । चिकित्सकको लापर्वाहीले विरामी दुराको मृत्यू भएपछिको उत्पन्न विवादका क्रममा भएको घटनामा संलग्न दुबैलाई समान रुपमा व्यवहार नगरेकाले धर्नामा बस्नु परेको आफन्तले बताएका छन् ।
यसैबीच, अस्पताल प्रशासन, र मृतक परिवारबीच वार्ताको तयारी भएको छ । उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको उपस्थितिमा अस्पताल प्रशासन, चिकित्सक र मृतकका परिवारबीच वार्ताको तयारी भएको मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकारी कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
स्वासप्रश्वास तथा ढाड दुख्ने सम्बन्धी समस्या लिएर मणिपाल शिक्षण अस्पताल पुगेकी लमजुङकी दुराको सोमबार दिउँसो १ बजे मृत्यू भएको थियो ।
मृत्यूपछि आफन्तले चिकित्सकको लापर्वाहीले विरामी दुराको मृत्यू भएको भन्दै चिकित्सकमाथि कुटपीट गर्नुका साथै अस्पतालमा तोडफोडको प्रयास गरेको थियो ।
सो क्रममा चिकित्सक र मृतकका आफन्तबीच झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुबै पक्षकालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







