पुस २ पोखरा । नेलम्बो नेपाल र रुपा गाउँपालिकाको संयुक्त आयोजनामा भएको निःशूल्क तिन दिने स्वास्थ्य शिविरबाट कास्कीको रुपा गाउँपालिकाका ८ सय जना पूर्ण रुपमा लाभान्वित भएका छन् ।
पोखरा–४ गैह्रपाटनस्थित नेलम्बो नेपाल र रुपा गाउँपालिकाको संयुक्त आयोजनामा वडा –३ पोल्याङस्थित जनता माध्यमिक विद्यालयमा आयोजित निःशूल्क शिविरमा ८ सय जना पूर्णरुपमा लाभान्वित भएका हुन् ।
मंसिर २९ देखि पुस १ गतेसम्म सञ्चालन भएको शिविर मार्फत उनीहरुले पूर्ण स्वास्थ्य सेवा लिएको नेलम्बो नोपलका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले जानकारी दिए ।

शिविरमा हाडजोर्नी, दन्त परिक्षण, नाक, कान घाँटी, स्त्री रोग, इसिजी, भिडियो एक्सरे, रगत, पिसाब, गर्भ परीक्षण, कान लगायत परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको संयोजक भण्डारीले बताए । विषेशज्ञ चिकित्सक सहित ३४ जनाको प्राविधिक टोलीले शिविरमा चेकजाँच गरेका थियो । शिविरमा डा. सुर्दशन आचार्य, डा.विनोद वराल, डा. सुरज लामिछाने, डा. रेखा पौडेल, डा. सरोज पोख्रेल लगायत रहेका थिए । जसमा गाउँपालिकाका तर्फबाट १३ जना स्वम्सेवकहरु परिचालन भएका थिए ।
यस अघि कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले रुपा गाउँपालिकाको पोल्याङ्गमा यस्तो खालको शिविर अति आवश्यक रहेको कुरा स्थास्थ्य परीक्षणबाट पुष्टि भएको बताए । उनले स्वास्थ्यको क्षेत्रमा नेलम्बो नेपाल गुणस्तरीय सेवा दिन कुनै कसर बाँकी नराख्ने बताए । उनले आगामी दिनमा पालिकासँग सहकार्य गर्दै शिविरलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेलम्बो नेपाललसँगको सहकार्य आगमी दिनमापनि निरन्तरता रहने बताए ।
उपाध्यक्ष लाल सुब्वा गुरुङ्गले नेलम्बो नेपालले कोभिड १९ को विषम् परिस्थिति देखि नै आफ्नो पालिकामा गरेको सहयोगको प्रसंसा गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







