विन्ध्यवासिनीको रक्तदानमा ७७ युनिट संकलन


     एभरेस्ट आवाज    
     पौष २६ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।

विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विहीवार विहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे ।कार्यक्रममा वोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याएको भन्दै प्रशंषा गरे ।

कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको वताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।रेडक्रसका जिल्ला सदस्य सुवासवावु अधिकारीले मानविय सेवामा रेडक्रसले खेलेको भुमिकाको चर्चा गरे ।

कार्यक्रममा ५० औं पटक रक्तदान गरेका राम व. वानिया, ४८ औं पटक रक्तदान गरेका धर्मराज थापा, ३१ औं पटक रक्तदान गरेका नविन्द्र तिमिल्सीना, २८औं पटक रक्तदान गरेका प्रकाश अधिकारी, २४ औं पटक रक्तदान गरेका बैकुण्ठ पौडेल, १९ औं पटक रक्तदान गरेका ओम थापा लगायतले नयाँ रक्तदातालाई रक्तदानका लागी प्रोत्साहन गरेका थिए ।

कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको सहयोग, रक्त संचार केन्द्रको प्राविधीक सहयोग मा भएको कार्यक्रमको संचालन शिक्षक नायक सरिता पौडेल भट्टराईले गरेका थिए ।

यसैविच विहीवारवाटै विद्यालय प्रागंणमा विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्वन्धित वस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

पुस २७ गते शुक्रवार आयोजना हुने वार्षिकोत्सव कायृक्रम पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने र सो अवसरमा विभिन्न पुरस्कार सहित व्यक्तिलाई सम्मान गरिने वताइृएको छ ।सामुदायिक विद्यालयमा देशकै पहिलो नमुना विद्यालय वनेको विन्ध्यवासिनी मावि पोखराकै पुरानो विद्यालय मानिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।