सहमति नजुटेपछि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको अधिवेशन स्थगित


     एभरेस्ट आवाज    
     पौष २९ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि अधिवेशन स्थगित भएको छ ।

यही पौष २७ गतेदेखि पोखरामा जारी संगठनको प्रहिलो प्रदेश अधिवेशमा संगठन कास्कीका जिल्ला अध्यक्ष रोमहर्षण पौडेल र वर्तमान कार्यवाहक अध्यक्ष हरिबहादुर लामिछानेविच सर्वसम्मत चयन हुन नसक्दा अधिवेशन स्थगित भएको हो ।

श्रोतका अनुसार संगठनको आगामी नेतृत्व सर्वसम्मतको प्रयासमा चयन गर्ने भन्दै यही माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
अध्यक्षको दौडमा रहेका कास्की जिल्ला समितिका वहालवाला अध्यक्ष पौडेल कोरोना कालमा संगठनको डिजिटल अभियान सञ्चालन गरेकाले उनी शिक्षकहरुीच लोकप्रिय रहेको उनी पक्षीयको दाबी छ ।

यता कार्यवाहक अध्यक्ष लामिछानेले आधा कार्यकाल मात्र काम गर्न पाएको, संरचना नै नभएको अवस्थामा संरचना बनाउँदैमा समय गएको हुँदा एक कार्यकाल निर्वाचित भएमा प्रदेशलाई नयाँ उचाईमा पु¥याउने सपना साकार पार्ने हुटहुटी भएको सो पक्षको दाबी छ ।

अधिवेशनमार्फत अध्यक्ष, पदाधिकारी र सदस्यसहित ३७ सदस्यीय समिति रहेन व्यवस्था छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।