माघ ५ पोखरा । पोखराको सिमलचौरस्थित जनप्रिय मा वि मा महानगरका सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफमा बाल मन्दिर मा. वि. प्रथम भएको छ ।
पोखरा–८ सिमलचौरस्थित विद्यालयको ५५ औं वार्षिकोत्सव ,अभिभाबक दिवस तथा पुरस्कार वितरण समारोह २०८० को पूर्वसन्ध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा बाल मन्दिर मा.वि. प्रथम भएको हो । यस्तै छोरेपाटन मा वि द्वित्तिय र जनप्रिय मा वि ले तृतीय स्थान प्राप्त गरे ।
प्रतियोगिताका विजेतालाई माघ १० गते विद्यालयको बार्षिकोत्सवको अवसरमा नगद र प्रमापत्र वितरण गरिने भएको जनाइएको छ ।
यसअघि कार्यक्रमको विद्यालय व्यवस्थापन समिति का अध्यक्ष परशुराम बरालले उद्घाटन गरेका थिए । उनले उद्घाटन गर्दै यस्ता कार्यक्रमहरू आन्तरिक तथा खुल्ला रुपमा अन्तर विद्यालयलाई समेत समावेश गरी गर्नुले प्रतियोगी एबम् अप्रतियोगी दुवैलाई राम्रो सिकाइ हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा शिवशक्ति मा.वि. फूलबारीका प्रधानाध्यापक शभु बास्तोला, विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, कार्यक्रम संयोजक कृष्ण बहादुर भट्टराई, ज्ञानेश्वर ढुंगाना, रामकुमार अधिकारी, बासुदेव तिम्सिना, बामन् चालिसे, नितु पौडेल, सरस्वती पौडेल लगायतले बोलेका थिए ।
विद्यालयले यही माघ १० गते विद्यालयको बार्षिकोत्सव मनाउने तयारी गर्दै विविध अतिरिक्त क्रियकलाप अन्तर्गत छात्र भलिबल, छात्रा भलिबल, बास्केटबल,ब्याडमिन्टन छात्र छात्रा लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसैविच, विद्यालयलमा जूनियर युवा रेडक्रस सर्कल जनप्रियको आयोजनामा माघ १० गते बिहान ८ बजे खुल्ला रक्तदान कार्यक्रमको तयारी समेत गरिएको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







