नेपालीहरुका चाडपर्वको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दसैं पर्वले दिने सन्देश र संघको उद्धेश्य उस्तै रहेको बताएका छन् । नेपाली पत्रकारितामा देखिएका दलगत प्रवृति र अस्वस्थ प्रतिस्पर्धालाई चिर्न संघ क्रियाशील रहेको बताए । उनले असत्य माथि सत्यको जीत भएको पर्व नै बडादसैं भएको बताउँदै, समाजमा पत्रकारितालाई निष्पक्ष र प्रभावकारी बनाउन पत्रकारहरु स्वतन्त्र हुनुपर्नेमा जोड दिए । देशका बिभिन्न जिल्लामा शाखा गठन भएको जानकारी दिदैं अध्यक्ष बास्तोलले स्वतन्त्र पत्रकार नै देश र समाजको पहरेदार भएको बताए । संघका उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुले चाडपर्वले सामाजिक एकता कायम गर्ने बताउँदै, समृद्ध राष्ट्र निर्माणका लागि असल पत्रकारिता आवश्यक रहेको बताईन् ।
संघ कास्की शाखाका अध्यक्ष डि आर काफ्लेले संघको कास्की शाखालाई थप क्रियाशिल बनाउने बताउँदै, पत्रकारिताको क्षेत्रमा संघले नयाँ मानक स्थापना गरेको बताए । कार्यक्रममा केन्द्रीय पार्सद तिलक थापा, लेखक रामबहादुर बानियाँ, शुक्ला साहित्य प्रतिष्ठानका सचिव एवं संघका सदस्य रामप्रसाद पौडेल,संघका कोषाध्यक्ष गणेश बज्र लामा,सदस्य मानबहादुर थापा,रामचन्द्र लामिछानेलगायतले चाडपर्वको शुभकामना व्यक्त गर्दै, स्वतन्त्र पत्रकारिताको पहिचानलाई उचो बनाउनुपर्नेमा जोड दिए । सहभागीलाई स्वागत गर्दै संघका उपाध्यक्ष शिशिर पौडेलले दलगत स्वार्थ र आफु अनुकुलको पत्रकारिताले समाजलाई हानी पुर्याउने बताउँदै, त्यसका विरुद्ध आवाज उठाउनु पर्ने बताए ।
संघका सदस्यहरु बिच एक आपसमा शुभकामना आदान प्रदान गरिएको कार्यक्रमको संचालन सहसचिव रामकृष्ण अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र…







