सुधार गृहमा निःशूल्क स्वास्थ्य परीक्षण, ४९ जना लाभान्वित


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




पोखरा । सुधार गृह सराङ्कोटको आयोजनामा सराङ्कोटस्थित सुधारगृहका बालकहरुको निःशूल्क स्वास्थ्य जाँच तथा औषधी वितरणमा गरिएको छ ।

इन्सेक गण्डकी प्रदेशको समन्वयन र आइएनएफ हरियो खर्क अस्पताल पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो ।

उनीहरुमध्य अधिकांश बालकहरुमा छालासम्बन्धी समस्या रहेको हरियोखर्क अस्पतालका डा. प्रकाश नेपालीले जानकारी दिए ।

शिविरमार्फत सुधार गृहमा रहेका ४९ जना लाभान्वित भएको सुधार गृहका कर्मचारी ज्योती शर्माले जानकरी दिइन् ।

कार्यक्रममा बोल्दै अस्पतालका संयोजक तारा हाङ्तावाले अस्पतालले सुधार गृहसँग आगामी दिनमापनि सहकार्य गर्दै निरन्तर सेवा दिने प्रतिवद्धता व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।