चण्डी आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     माघ २० गते २०८० मा प्रकाशित




माघ २० पोखरा । कास्कीको रूपा गाउँपालिका वडा न १ फल्याङ्गकोटस्थित चण्डी आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।

समारोहको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै प्रमुख पौडेलले शिक्षाले व्यक्तित्व र संस्कार निर्माण गर्ने र समुन्नत समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सोही अनुसार लागि पर्न अनुरोध गरे ।

पौडेलले विकासमा बिना पूर्वाग्रह काम गर्नुपर्ने र त्यसबाट नै गुणस्तरीय र सबल विकास संभब हुने उल्लेख गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य क्याप्टेन हर्क बहादुर गुरुङ , विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी ,प्रधानाध्यापक सन्तोष अधिकारी , सामुदायिक विद्यालय व्यबस्थापन समिति महासंघ कास्कीका अध्यक्ष दिपक थापा , महासंघका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ ,रूपा गाउँपालिकाका पूर्व कार्यपालिका सदस्य बमबहादुर श्रेष्ठ, विद्यालयका आजीवन सदस्य साबित्रा अधिकारी , पूर्ब ब्यबस्थापन समिति अध्यक्षद्वय एकनाथ गौतम र चन्द्रकान्त कोइराला ,जटेश्वर मा बि का प्रधानाध्यापक युबराज अधिकारी, रुपा गाउँपालिकाका वडा सदस्य शान्ता अधिकारी सहितले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्र्थीहरूलाइ पुरस्कृत गरिएको थियो । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।