पोखरा । जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कला प्रदर्शनी र विद्यार्थीरशिक्षक सम्मानसँगै त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम विद्यालयको प्राङ्गणमा एक समारोहका साथ बुधबार उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकूलपति प्रा।डा। प्रेमनारायण अर्यालले विद्यालयमा प्रतिस्थापित सरस्वतीको प्रतिमामा पुष्पमाला अर्पण गरी उद्घाटन गरेको उक्त कार्यक्रममा विद्यार्थीद्वय संस्कृति थापा र जोसेफ तिमिल्सिनाका साथमा विद्यालयका तर्फबाट प्राचार्य नारायण बरालले स्वागत गरेका थिए ।
पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका प्रस्तुतिहरू राखिएको उक्त कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई पूर्ण रूपमा समेट्ने विषयवस्तुका साथ पृथ्वी जोगाउनुपर्छ, परोपकार गर्नुपर्छ, अरूमाथि दया देखाउनुपर्छ आदिजस्ता सन्देशमूलक विभिन्न गीत तथा नृत्य, गायन, नाटकरप्रहसन, भजन, गाईजात्रा आदि प्रस्तुत गरिएका थिए । सम्पूर्ण प्रस्तुतिहरू विद्यार्थीहरूले आफ्नै अभ्यास र मिहिनेतका साथ तयारी गरेका थिए । आफैँले तयारी गरे पनि कुनै कमीकमजोरी नरहेको कुरा उपस्थित अभिभावक तथा शिक्षकहरूले बताएका छन् ।
चित्रकला, कविता, निबन्ध, वक्तृत्वकला, हाजिरीजवाफ आदि जस्ता विद्यालय बाहिरका पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका कार्यक्रममा सहभागी भई प्रथम पुरस्कार हात पारी विद्यालयको गरिमा बढाउन सफल विद्यार्थीहरू अर्पण पौेडल, आयुषी थापा, एन्जल नेपाली, कृपा बराल, शाश्वत रेग्मी, एल्भिना बराल, प्रार्थी पँगेनी, सियान जस्टिन केसी, प्रशील लामिछाने, नेहा पन्थी, सुभिक्षा अधिकारी, सङ्गम पौडेल, अनिल बाँस्तोला, सुयोग अधिकारी र अमेरिकमा उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका हार्दिक पराजुली तथा विद्यालयको शैक्षिक विकासमा २० वर्षभन्दा बढी समय अविच्छिन्न रूपमा कार्यरत शिक्षक र कर्मचारी अञ्जना पण्डित बराल, आनन्द शर्मा, अप्सरा थापा कुँवर र कमल चैधरीलाई सम्मान गरिएको उक्त कार्यक्रममा पोखराको शैक्षिक विकासमा अनवरत लागिरहेका प्रशिक्षक एवम् शिक्षासेवी विकल शेरचनलाई पनि विद्यालयले सम्मान गरेको कुरा सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए ।
सोही अवसरमा प्रमुख अतिथि डा।अर्यालले वकिलको कथा सुनाउँदै शिक्षकले बाल मनोविज्ञान बुझेर अध्यापन गर्नुपर्ने विषयमाथि प्रकाश पारी सिपमूलक जोवनोपयोगी शिक्षामा जोड दिएका थिए ।
त्यसै गरी कार्यक्रममा मानव जीवनसँग सम्बन्धित समसामयिक विषयवस्तु समेटिएका मुहारचित्र, दृश्यचित्रहरू, स्केच तथा विभिन्न रङको संयोजनका साथ विद्यार्थीद्वारा तयार पारिएका कला तथा चित्रहरू पनि प्रदर्शन गरिएको कुरा विद्यालयका कला शिक्षक डिबी गुरुङले बताए।
विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालको संयोजकत्वमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोख्रेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको पहिलो दिन प्रा। वि। इन्चार्ज केशु शर्मा, शिक्षकद्वय बामनकुमार घिमिरे र विनीत छन्त्यालका साथमा कक्षा नर्सरीदेखि तीनसम्मका विद्यार्थीहरूले सञ्चालन गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







