माघ २४ पोखरा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा आफु पढ्न नपाएपनि सन्तति शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भनेर खरले छायाको भवन निर्माण गर्ने चन्द्रकान्त भण्डारी, चुडामणी भण्डारी र कर्णाखर भण्डारीलाई सम्मान गर्नुको साथै छात्रवृत्ति एव्म शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको आज एक समारोहका बिच उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचो औल्याइन् । मुलुकको भाग्य र भविष्यसंग जोडिएको शिक्षा क्षेत्रको विकासका लागि सवै सचेत हुँदै आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउँदै उनले प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताइन् । गुणस्तरीय शिक्षामा जोड दिएको कारण पछिल्लो समय सामुदायिक विद्यालयमा क्रमिकरुपमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले महानगरले शैक्षिक विकासमा सक्दो सहयोग गर्दै आएको बताइन् ।
जनप्रिय वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवम् अक्षयकोष दाता विरेन्द्रनारायण विजुकुच्छेले मुलुकमा दोहोरो शिक्षा प्रणालीको अन्त्य हुनु पर्ने आवश्यकता औल्याए ।
पोखरा १७ वडासदस्य शिवराम भण्डारीले आफुले प्राप्त गर्ने सेवा सुविधाबाट पाँच लाख विद्यालयलाई सहयोग गर्ने घोषणा गरे ।
सो अवसरमा सामुहिक अक्षयकोषमा जम्मा हुने र बार्षिकोत्सव सम्पन्न गर्न अभिभावकबाट करिब ८० हजार संकलन भएको थियो ।
विद्यालयको भौतिक एवम् शैक्षिक विकासमा योगदान गर्ने शिक्षाप्रेमी, उत्कृष्ट शिक्षक, अभिभावकलाई सम्मान गरिएको कार्यक्रममा छात्रबृत्ति एवम् कक्षागत प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थी पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगर शिक्षा शाखाका अधिकृत सोमनाथ भण्डारी,वडासदस्य शिवराम भण्डारी र तारा सेवा, नेपाली कांग्रेस पोखरा १७ का सभापति डिआर भट्टराई, एमाले उपाध्यक्ष लालबहादुर राना, रास्वपा सभापति नुरबहादुर विक, बाल क्लवका अध्यक्ष प्रतिक्षा मल्ल लगायतले शिक्षाको महत्व माथि प्रकाश पारेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारीले स्वागत र शिक्षक तुलसी गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक अर्जुनप्रसाद कंडेलले विद्यालयको सांगठानिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा विद्यार्थीद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







