पोखरा । पोखराको कास्की मोर्डनाइज्ड एकेडेमीले रजत महोत्सव समापन कार्यक्रमको तयारी पूरा भएको छ । पोखरा–१४ स्थित वि.पि. मार्गस्थित एकेडमीले यही शुक्रबार एक कार्यक्रमका विच रजत महोत्सव समापन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
एकेडेमीले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा वर्ष भरि नै सञ्चालन गरेको विविध कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले समापन गर्ने विद्यालय व्यवस्थापनले जनाएको छ ।
विद्यालयले रजत महोत्सवकै सन्दर्भ पारेर रक्तदान कार्यक्रम, नेत्रहिनहरुका लागि सेतो छडी वितरण, सडकमा गाएर गुजरा चलाउनेहरुका लागि स्पीकर वितरण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा सहयोग हस्तान्त्रण गर्ने कार्यक्रम समेत रहेको सहायक प्रधानाध्यापक शिवलाल उपाध्यायले बताए । यसरी सम्मानित हुनेहरुमा लोकसंगित क्षेत्रबाट नारायण रायमाझी, हाँस्य व्याङ्ग्य कलाकारिताको क्षेत्रबाट शैलेन्द्र सिम्खडा, शैक्षिक व्यक्तित्व प्रा.डा. गणेशमान गुरुङलाई नगद र ताम्रपत्र सहित अभिनन्दन हुँदै छन् । यस्तै शिक्षक, कर्मचारीहरुलाई दीर्घसेवा तथा के.एम.ए. रत्नपदकद्वारा सम्मान गरिने कार्यक्रम रहेको छ । रजत महोत्सवका अवसर पारेर विद्यालयले रेडक्रस सोसाइटीको बन्दै गरेको भवनलाई रु. सत्तरी हजार र महावीर पुन आविष्कार केन्द्रलाई रु पचास हजार नगद सहयोग गरिने उनले बताए ।
विद्यालयले यो वर्षलाई आफ्नो रजत महोत्सव वर्ष नामाकरण गरी आफ्ना हरेक क्षेत्रमा प्रयोग गरिने चिठी तथा कागजातमा समेत रजत महोत्सवको लोगो प्रयोग गर्दै आएको थियो । विद्यालयले अन्तर विद्यालय जिल्ला स्तरीय युगल नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकगित प्रतियोगिता जस्ता कार्यक्रमहरु समापन गरिसकेको छ । हरेक प्रतियोगितामा आप्mनो विद्यालयलाई भने अप्रतियोगी विद्यालयका रुपमा सहभागी गराएका थियो ।
उक्त समारोहमा विद्यार्थीद्वारा निर्मित सामग्रीको शैक्षिक प्रदर्शनी, होटल म्यानेजमेण्टका विद्यार्थीहरुले खाजा र चिया कफी डेस्क सञ्चालन, त्यही पढेर अहिले डाक्टर र नर्स भएका भूपू विद्यार्थीहरुबाट हेल्थ केम्प समेत सञ्चालन गरिने भएको छ । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला नृत्य, गायन, चित्रकला, मार्सलआर्ट, स्काउट सलामी, योगा, नाटक एवाकस आदि प्रस्तुत गर्नेछन् । २०७९ सालको विभिन्न पुरस्कारहरु समेत सोही अवसरमा वितरण गरिने विद्यालयले जनाएको छ ।
पोखरा– १४ वि.पि. मार्गस्थित एकेडमी वि.सं. २०५५ सालमा ९० जना विद्यार्थी र १३ जना शिक्षकबाट शुरु भएको विद्यालयमा २००० विद्यार्थी, १६० जना शिक्षक कर्मचारी रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







