लेखनाथ जेसीजको स्थापना दिवसमा स्वास्थ्य शिविर


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०८० मा प्रकाशित




पोखरा । युवाहरुको व्यक्तित्व तथा नेतृत्व निर्माणमा समर्पित लेखनाथ जेसीजले आफ्नो २६ औ स्थापना दिवसका अवसरमा स्वास्थ्य शिविर संचालन गरेको छ ।

जेसीज गाउँका रुपमा चिनिने पोखरा २७ को बडहरेमा राखिएको शिविरमा एक सय ४५ जनाले परिक्षण गरेका थिए जहाँ निशुल्क सुगर, रगतको खराब बोसो ( टिजि), प्रेसर तथा अन्य विविध स्वास्थ्य सम्बन्धी जाच र परामर्शका साथै निशुल्क औषधि वितरण गरिएको थियो ।

रोग लाग्नु पुर्व नै आफनो स्वास्थ्यका वारेमा जानकारी लिनु पर्छ भन्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रममा पोखरा महानगरपालिका वढा नं २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ बाट डा. सन्दिप ओझालाइ मेडिकल सामग्री प्रदान गर्दै उद्घाटन गरे ।

कार्यक्रममा डाडाको नाकका प्रहरी निरिक्षक याम नारायण अर्याल, सस्थापक अध्यक्ष बाबुराम जमर्कट्टेल, पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा, लेखनाथ सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, नागरीक परोपकार समन्वय समिती कास्कीका अध्यक्ष चिरञ्जीवी तिवारी, धर्मशाल टोल विकास सस्थाका अध्यक्ष रामप्रसाद तिमिल्सेना, बडहरे टोल विकास सस्थाका अध्यक्ष भरत गन्दर्भ तथा लेखनाथ सामुदायिक संक्रमण अस्पतालका कन्सल्टे डा. सन्दिप ओझा लगायतले जेसीजले गरेको योगदानको प्रशंसा गर्दै समयानुसार नेतृत्व निर्माण गर्न सक्ने एक मात्र संस्था जेसीज रहेको जानकारी गराएका थिए ।

लेखनाथ जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाश राई भाटको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ ताल्चोकमा रहेको पश्चिमाञ्चल डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रा. लि. को सहकार्यमा सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा स्वागत मन्तव्य शिवानी केसी, आस्था पाठ कार्यकारिणी उपाध्यक्ष प्रबलमणि भण्डारी र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष चन्द्रप्रकाश ढुंगाना तथा कार्यक्रम सञ्चालन महासचिव मौसम बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।