रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम


     एभरेस्ट आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित




पोखरा । सिद्धार्थ क्लब पोखराले श्री जनप्रिय माध्यामिक विद्यालय, पोखरा–८ सिमलचौरमा रक्तदान उत्प्रेरित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि श्देवीप्रसाद बस्ताकोटीले अभिमुखिकरण कार्यक्रमले विध्यार्थीहरुमा रक्तदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै विध्यार्थीहरुलाई शैक्षिकका साथै अन्य मानवीय र सामाजिक कार्यमा लाग्न अनुरोध गरे ।

क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले क्लबले स्थापना काल देखीनै रक्तदान कार्यक्रमको आयोजना गरी रक्तदान सम्बन्धी जनचेतना फैलाउदै आएको बारे चर्चा गर्दै विध्यालय केन्द्रित उत्प्रेरित अभिमुखिकरण कार्यक्रमले विद्यार्थी मार्फत परिवार र समाजनै रक्तदान गर्न उत्साहित रहने विश्वास व्यक्त गरे ।

जनप्रिय माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ९८ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कास्की, प्रादेशीक रक्त संचार सेवाका प्रमुख अर्जुन ज्ञवाली र नर्स समिक्षा अधिकारीले रक्तदानको महत्व र आवश्यक्ताबारे अभिमुखिकरण गरेका थिए ।

कार्यक्रम क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए भने क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यका साथै कार्यक्रम माथि प्रकाश पारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।