पोखरा । पोखराको पर्स्याङस्थित शान्ति निकेतन माविका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।
आगामी चैत १५ गतेदेखि सुरु हुने एसईईमा सहभागी हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई आज कक्षा ९ का विद्यार्थीले बिदाई कार्यक्रम आयोजना गरी शुभकामना दिएका हुन् ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।
‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ ।’ डा. पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
प्राचार्य डा. पराजुलीले यो कक्षा नौ का भाई बहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए ।
विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षेत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थीद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाई गरेका थिए ।
कार्यक्रममा अदिति पराजुली, अंकिता कोइराला, स्वीकृति अधिकारी लगायतले बोलेका थिए ।
कक्षा ९ का छात्र सफल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा रस्मिता श्रेष्ठले स्वागत तथा छात्र अनुपम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन कक्षा नौ कै छात्र छात्रा रवि गौतम र आरुषी आचार्यले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







