पोखरामा गणित समाज गण्डकीको म्याथम्याटिक्स इन स्ट्रिट कार्यक्रम


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०८० मा प्रकाशित




पोखरा । अन्तर्राष्ट्रिय गणित दिवस (मार्च १०)का अवसरमा नेपाल गणित समाज गण्डकीले हालै म्याथम्याट्रिक्स इन स्ट्रिट कार्यक्रम सम्पनन भएको छ । पोखराका खुदीलगायत विभिन्न सडकहरूमा भव्यताका साथ उक्त कार्यक्रम हालै सम्पन्न गरेको हो ।

कार्यक्रम पोखरा विश्वविद्यालयका उपकूलपति प्रा। डा। प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गणित समाज, गण्डकीका अध्यक्ष प्रा. डा. त्रिभुवन शर्माले गणितको महत्त्व र यसको व्यावहारिक ज्ञान जनसमक्ष पुर्याउने कार्यक्रम‌को मुख्य उद्देश्य रहेको बताए । भने प्रमुख अतिथिले खेलका माध्यमबाट कार्यक्रमको उद्‌घाटन गर्दै गणित विषय आफैंमा अत्यन्त गहन भएकाले त्यस क्षेत्रमा काम गर्ने व्यक्तिहरूनै जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरे।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन तथा गणित समाज गण्डकीका उपाध्यक्ष प्रा। राजनकुमार ठगुराठीले प्रकाश पारेका थिए । उक्त कार्यक्रममा कोषाध्यक्ष माधवप्रसाद पौडेल, सदस्यहरू मञ्जु सुवेदी, रमेशकुमार आचार्य र ठाकुरप्रसाद पोख्रेल तथा स्वयमसेवी विद्यार्थीहरूले आगन्तुकलाई गणितसम्बन्धी विभिन्न खेलहरु खेलाएर मनोरञ्जन दिएका थिए भने यसै अवसरमा मदरल्यान्डलगायतका विद्यालयका विद्यार्थीहरुले आफ्नो पायक पर्ने ठाउँमा यो दिवस मनाएका थिए।

गणित समाज गण्डकीका सचिव विश्वराज अधिकारीले सञ्चालन गरेको औपचारिक कार्यक्रममा सदस्य डा। खरिका पराजुली र केन्द्रीय सहसचिव सह। प्रा। डा ईश्वरमणि अधिकारीले गणितसम्बन्धी कविता तथा गजल सुनाएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।