कालिका गण स्थापना दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरीद्बारा रक्तदान


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०८० मा प्रकाशित




पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । गणले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो ।

२०६६ चैत्र १९ गते पोखराको मालेपाटनमा स्थापना भएको सशस्त्र प्रहरी बलको कालिका गणले १९ औँ स्थापना दिवसको उपलक्ष्यमा एकल तथा अन्य संघसंस्थाहरु संग जोडिएर खेलकुद, विपद् सम्बन्धी सचेतना तथा डेमोस्ट्रेसन, मठमन्दिर सरसफाई, वृक्षारोपण र रक्तदान गरी सप्ताहब्यापी विभिन्न कार्यक्रम संचालन गरेको थियो।

कालिका गणलाई गण्डकी प्रदेशमा विपद् उद्घारकहरुको युनिटका रुपमा समेत चिनिने गरिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।