छोरेपाटन माविका शिक्षकहरुलाई अभिभावक शिक्षा तालिम


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका शिक्षकहरुलाई पाँच दिने अभिभावक शिक्षा तालिम आईतबार देखिशुरु भएको छ ।

तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रशिक्षक लक्ष्मी शर्मालाई तालिमको कोर्षबुक हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै उनले पढ्ने विद्यार्थीहरु र पढाउने शिक्षकहरु हरेक दिन अपडेट हुनु पर्ने र अपडेट हुनका लागि रिफ्रेसमेन्ट अनिवार्य रहेको बताउँदै अभिभावक शिक्षा तालिमले शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरे ।

सो अवसरमा विद्यालयका सल्लाहकार भेषराज बराल, तिर्थराज अधिकारी, शिक्षक अभिभावक संघका सदस्य देवि प्रसाद वस्याल लगायतले बोलेका थिए ।

विद्यालयका ३५ जना शिक्षकहरुको लागि दिइने उक्त तालिममा सहजिकरण युनिसेफ नेपालकी अभिभावक शिक्षा सम्बन्धि प्रशिक्षक लक्ष्मी शर्माले गरेको सहप्रधानाध्यापक खेमराज बरालले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन र संचालन सहप्रधानाध्यापक मेघनाथ पौडेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।