पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ ले सामाजिक क्षेत्र र समूहमा आबद्द क्रियाशिल महिलाको सशक्तिकरण तथा नेतृत्व बिकासकालागि क्षमता अभिबृद्दि तालिम सम्पन्न गरेको छ । तालिम चैत्र २८, २९ र बैशाख २ गते गरि ३ दिन दिइएको थियो ।
आइतबार आयोजित तालिम समापन समारोहमा पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष शिबप्रसाद तिमिल्सिनाले तालिमले महिलाको क्षमता अभिबृद्दिकालागि सहयोग पुयाएको महसुस गरेको बताए । भाषण, महिला सशक्तिकरण र नेतृत्व बिकासको उद्देश्यले तालिम संचालन गरिएको र सो उद्देश्य अनुसार नै महिलाको क्षमतामा रुपान्तरण ल्याएको संकेत आफूले सहभागि केहि प्रशिक्षार्थी अनुभब मन्तब्य सुन्दा अनुभूति भएको वडा अध्यक्ष तिमिल्सिनाले बताए । महिला वडा सदस्य तथा कार्यक्रम संयोजक कल्पना कार्की ढकालले सिकेका कुरा ब्यबहारमा प्रयोग गरि आफ्नो क्षमता अभिबृद्दि गर्न आग्रह गरिन् । ढकालले आगामि दिनमा पनि वडा महिला दिदी बहिनीकालागि आवश्यक सिपमूलक तालिमको आयोजना गर्न सदैब तयार रहेको प्रतिबद्दता ब्यक्त गरिन् । तालिममा महिला सशक्तिकरण, कानुनी सचेतना, प्रभाबकारी भाषण कला, नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण दिइएको वडा सदस्य तथा तालिम संयोजक कल्पना कार्की ढकालले जानकारी दिइन् ।
समापन समारोहमा अनुभब मन्तब्य ब्यक्त गर्दै प्रशिक्षार्थी कमला गोतामे, विष्णु ढकाल, तारा नेपाली, लक्ष्मी दवाडी, राधा थापा, पुजा थापा, कोपिला थापा, निर्माण केसी लगायतका सहभागि महिलाले तालिम प्रभाबकारी रहेको बताउदै आफूहरुले महिला सशक्तिकरण, कानुनी सचेतना, भाषण कला, र नेतृत्व बिकास बारे ज्ञान र सिप प्राप्त गरेको, प्रयोगात्मक सिकाईले अनुभब प्रदान गरि आत्म बिश्वास बढाएको बताए । अब कार्यक्रमहरुमा मन्तब्य राख्न सक्ने, समूहको कार्यक्रम आफैले बिधि प्रक्रियापूर्बक चलाउन सक्ने र सिपमूलक तालिमको आयोजना गरि आत्म निर्भर बन्ने समेत उनीहरुले दृढता ब्यक्त गरेका छन् ।
कानुन व्यबसायी अधिबक्ता गिता आचार्य, सामाजिक राजनीतिक अभियन्ता धनबहादुर नेपाली, संचारकर्मि सरिता पॅंगेनी तिमिल्सिना, गौरब त्रिपाठी, र दीपेन्द्र श्रेष्ठले सहजिकरण गरेको ३ दिने तालिममा क्रियाशिल अभियन्ता र आमा समूहका गरि ७० जनाको सहभागीता रहेको जनप्रतिनिधि मिना नेपालीले जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।