पोखरा । नेलम्बो नेपालको आयोजनामा स्याङ्जाको आँधिखोला गाउँपालिकामा आयोजना गरिएको ३ दिने निःशूल्क स्वास्थ्य शिविरमार्फत एक हजार बढी लाभान्वित भएका छन् । आँधिखोला गाउँपालिकासँगको सहकार्यमा आयोजित शिविरबाट एक हजार २९ जना लाभान्वित भएका हुन् ।
शिविरको समापनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले नेलम्बोले पालिकाबासिको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरेकोप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा स्वास्थ्यसँग सम्बन्धी कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले नेलम्बो नेपाल र आँधिखोला गाउँपालिका बीचको सम्बन्ध प्रगाड रहेको हुदाँ आगामी वर्षहरुमा पनि थप सहकार्यको अपेक्षा गरे ।
कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एक देवदेवकोटाले निःशुल्क स्वास्थ्य शिविर अत्यन्त प्रभावकारी भएको बताए । उनले आगामी दिनमा पनि पालिकासँग यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आधिखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निराजन लामिछाने, वडा न २ का अध्यक्ष कमल प्रसाद पौडेल, वडा नं. ३ का अध्यक्ष शेरबहादुर कार्की, वडा नं. ५ का अध्यक्ष कृष्णप्रसाद पनेरु लगायतले बोलेका थिए ।
वडा नम्वर ५ सेतिदोभानस्थित आँधिखोला आधारभुत अस्पतालमा सम्पन्न शिविरमा डा. सुदर्शन आचार्य, डा. विनोद बराल, डा. अंकुर के.सी. डा मनिषा बराल, डा. दीक्षा क्षेत्री फर्माष्टि विकास खड्का लगायत १८ जना प्राविधिक र १६ जना सहयोगी गरि ३४ जनाको टोली खटिएका थिए ।
शिविरमा सामान्य चिकित्सा सेवातर्फ ७७२, हाड जोर्नी तथा नशातर्फ ६०१, दन्त सेवातर्फ ३२७, नाक कान घाँटी सेवातर्फ ३६१ जनाले सेवा लिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै स्त्री रोग सेवामा २८६, छाला रोग सेवामा १२६, इसिजी सेवामा १४५, भिडियो एक्सरे सेवामा ८३, सुगर जाँचमा ३६७, पिसाव जाँचमा १७७, कानको सफाई ३०, दाँत भरेको ४८, दाँत सफा ३९, दाँतको एक्सरे ७०, दाँत निकाल्ने सेवामा ६० र एक जनाको दाँतको जरैदेखि उपचार गरिएको भण्डारीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







