पोखरा । बिरौटा क्लबले आयोजना गरेको निःशूल्क दन्त शिविरमा दुई सय बढी लाभान्वित भएका छन् । पोखरा–१७ स्थित क्लवको भवनमा सम्पन्न शिविरमा २१० जना लाभान्वित भएको क्लवले जनाएको छ ।
विन्ध्यबासिनी डेन्टल केयर प्रा लि को प्राबिधिक सहयोगमा सम्पन्न शिविरमा बिरौटा मेडिको फर्मा, ग्यालेक्सी हस्पिटलको हेल्थ डेक्स, आयुश क्रिएशन लगायत विभिन्न संघसंस्थाको सहयोगमा रहेको थियो ।
यसअघि शिविरको समाजसेवी तथा क्लवका सल्लाहकार चन्द्रकान्त बरालले कार्यक्रमको उद्घाटन गरे । शिविरमा क्लवका संस्थापक अध्यक्ष खगराज आचार्य सहित पूर्व अध्यक्ष, तथा सल्लाहकार, कार्यसमिति सदस्य तथा आजीवन सदस्यहरुको उपस्थिती रहेको थियो ।
क्लवका अध्यक्ष शोभा कान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश बरालले गरेका थिए । क्लवले शिविरमा आउनेहरुलाई दन्तमञ्जन तथा ब्रस वितरण गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







