पोखरा २९ पूर्ण खोप वडा घोषणा


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित




वैशाख ३१ पोखरा । पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमका विच वडाका सवै बालबालिकालाई पूर्ण खोपको मात्र प्रदान गरिएकाले पुर्ण खोपको वडा घोषण गरिएको हो ।

वडाले चालु आर्थीक वर्षको १५ महिनामा वडा भित्र रहेका १६ देखि ५९ महिनाका सात सय १८ जना र १५ महिनासम्मका दुई सय आठ बालबालिकाका लागि आवश्यक पर्ने १३ प्रकारका खोपको मात्र पुरा गरेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखका जनश्वास्थ्य निरीक्षक महेन्द्र गुरुङले वडा अध्यक्ष श्रीप्रसाद गुरुङलाई पूर्ण खोप सुनिश्चिताको प्रमाण पत्र प्रदान गर्दै आगामी दिनमा सबै बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राख्दै रोग लाग्नु पूर्व नै होशियारी अपनाउन पनि आग्रह गरे ।

वि.स. २०३४ सालदेखि सुरु भएको राष्ट्रिय खोप अभियानलाई सफल पार्न स्वाथ्यकर्मी देखि स्वयमसेवीकाहरुले गरेको योगदानको उच्च कदर गर्दै सरकारले वैशाख महिनालाई खोप महिनाको रुपमा मनाउँदै आएको र समयमा नै सबै बालबालिकाहरुलाई अनिवार्य रुपमा खोप प्रदान गर्नका लागि स्वाथ्य निरीक्षक गुरुङले अनुरोध गरे ।

सो अवसरमा वडाध्यक्ष गुरुङले बालबालिकाको मृत्युदर कम गर्न र भोलिका बच्चालाई कसरी निरोगी बनाउन सकिन्छ भन्ने बारेमा वडा चिन्तनशिल भएकाले यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सहरी स्वाथ्य केन्द्रका प्रमुख विशाल पौडेल, वडा सचिव दुर्गा न्यौपाने, खोप समन्वय समितिका सदस्य बाबुराम सुबेदी,कार्यपालिका सदस्य निर्मला पौडेल ,वडा खोप समोन्वय समिति पोखरा २९ की फोकल प्रसन साबित्रा लामिछाने ,व्यवस्थापन समितिका सदस्य चेत बहादुर गुरुङले बच्चा देखि आमाको स्वास्थ्यलाई समेत ख्यालमा राख्दै स्वास्थ्य परमर्श र घर घरमा पुगेर समयमा नै खोप लगाउन सफल भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।